नयाँ यातायातको साधन ड्रोन, सगरमाथामै गरियो सफल परीक्षण

काठमाडौं । विश्वको अग्लो टाकुरा सगरमाथामा ड्रानबाट सामान डेलिभरीको सफल परीक्षण भएको छ । यसको सफल परीक्षणसँगै भविष्यमा सगरमाथा आरोहिहरुलाई आपत कालिन उद्धारको लागि सामानहरु पुर्याउन र त्यस ठाउँको सरसफाइमा सहयोग पुग्ने भएको हो ।

चिनियाँ टेक्नोलोजी कम्पनी डीजेआई, भिडियो प्रोडक्सन कम्पनी ‘एटके रअ’ तथा स्थानिय गाइड सम्मिलित उक्त परिक्षणमा डीजेआईको फ्लाईकार्ट ३० ड्रोनको प्रयोग भएको थियो । डीजेआईका अनुसार यो ड्रोन लङ डिस्ट्यान्स हेवी लिफ्टीङका लागि विकास गरिएको हो । यसको म्याक्सीमम क्यारिङ क्यापासिटी १५ केजीसम्म छ ।

चिनियाँ न्यूज एजेन्सी सिन्ह्वाका अनुसार गत अप्रिलमा गरिएको उक्त परिक्षणमा ड्रोनले १.५ केजीका ३ वटा अक्सिजनका बोतलहरु बोकेर गएको थियो । उक्त ड्रोनले सगरमाथाको ५ हजार ३६४ मिटरमा रहेको बेसक्यामबाट ६ हजार मिटरमा रहेको फस्ट क्याम्पमा उक्त सामनहरु लगेको हो । सामान बोकेर गएको ड्रोनले त्यहाँ जम्मा भएका फोहरहरु तल ल्याएको थियो ।

कम्पनीका अनुसार उक्त ड्रोन फ्रिजिङ टेम्प्रेचर र कडा हावाका बावजुद ६ हजार २०० मिटरसम्म पुगेको थियो । प्रतिकुल मौसम भएपनि मिशन पुरा हुँदा पनि ड्रोनमा ४३ प्रतिशत ब्याट्री बाँकी नै थियो ।

डीजेआईको फ्लाईकार्ट ३० ले १२ मिनेटमा उक्त मिसन सम्पन्न गरेको थियो । सगरमाथाको पहिलो क्याम्पमा ५ देखि माइनस १५ डिग्रीसम्मको तापक्रम तथा १५ मिटर प्रति सेकेन्डको गतिले हावा चलिरहेको हुन्छ ।

डीजेआईको सफल परीक्षणपछि नेपाल सरकारले लोकल ड्रोन सर्भिस कम्पनीसँग सगरमाथाको दक्षिण भागमा सामान डेलिभरी गर्ने सम्झौता गरेको छ ।


Back_to_top