टाटाले घटायो सर्भिसिङ गर्दा लाग्ने शुल्क (प्याकेजसहित)

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले सर्भिसिङमा लाग्ने खर्चमा ३० प्रतिशतसम्मले कटौती गरेको छ । कम्पनी आफ्नो लाइट कमर्शियल गाडीमा लाग्दै आएको खर्चमा ब्यापक कटौती गरेको हो ।

कम्पनीका अनुसार टाटाका लाइट कमर्शियल गाडी धनीले संचालन खर्चमा ३० प्रतिशतसम्मको बचत गर्न सक्नेछन् । यस्ता गाडीमा प्रयोग हुँदै आएका इन्जिन आयल, सम्पूर्ण फिल्टरहरु र लेबर चार्जमा छुट दिने कम्पनीले जनाएको छ ।

साथै, यी गाडीमा प्रयोग हुने जेन्यूइन पार्टसहरु पनि पहिलेको तुलनमा मूल्य घटाइएको कम्पनीको दावी छ । अहिले सिप्रदीले दिइरहेको स्कीम टाटा एस, विङ्गर र योद्धा जस्ता गाडीधनीले पाउने छन् ।

स्कीममा पार्टस् फेर्ने ग्राहकले फेरिएका पार्टस्मा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी पाउने छन् । साथै कम्पनी सर्भिस प्याकेज पनि घोषणा गरेको छ । नयाँ सर्भिस प्याकेज अनुसार उपभोक्ताले एक पटकको सर्भिसिङमा ४ हजार ६५१ रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।


Back_to_top