रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला विजयी

काठमाडौं । सेकेन्ड ह्यान्ड गाडी बिक्रेता व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौं र आठौ साधारण सभा तथा दोस्रो अधिवेशनले कोइरालालाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्ष कोइरालाको प्यानल नै कार्यसमितिमा निर्वाचित भएको छ । अध्यक्षका अर्का प्रत्याशी कुमार चिमोरिया थिए ।

यस अनुसार बरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रविन लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी, कोषाध्यक्षमा प्रदिप राना मगर र सह-कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने, रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल निर्वाचित भएका छन् ।

पुराना, रिकन्डिसन तथा सेकेन्ड ह्यान्ड कारको व्यवसाय गर्ने १४४ व्यवसायीहरु नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा आवद्ध छन् ।


Back_to_top