दिपल एस-०७ मा क्यास अफर, ब्याजदर पनि आकर्षक

काठमाडौं । नाडा अटो शो सुरु भएको पहिलो दिन नै दिपल एस-०७ को मूल्यमा कटौती भएको छ । नाडा अटो शोमा विशेष अफर भन्दै कम्पनीले ३ लाख रुपैयाँले मूल्य कटौती गरेको हो ।

‘नाडा अटो शो कुरेर बसेका ग्राहकलाई हामीले उत्कृष्ट अफर अनुभव गराउन मूल्यमा बजेट अगाडिकै अवस्थामा फर्काएका हौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

एमएडब्लू वृद्धि मोटोकर्पले आज दिपल एल-०७ सेडान कार पनि सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ सेडान कारमा ६६.८ किलोवाट आवरको ब्याट्री छ । निकै लग्जरी फिचरले भरिपूर्ण एल०७ मोडल किन्ने ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । उक्त ब्याजदर ७ वर्षसम्म परिवर्तन नहुनेगरी पाउन सकिन्छ ।

कम्पनीले बजेट अगाडिकै ७२ लाख मूल्यमा उपलब्ध गराएको एस-०७ मोडल किन्नेले अझै सस्तो ब्याजदरमा कर्जा सुविधा पाउने छन् । कम्पनीले ७ वर्षसम्म परिवर्तन नहुनेगरी ६.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउन लागेको हो ।


Back_to_top