भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई मंसिर १५ गते (डिसेम्बर १) मा पठाएको नयाँ मूल्यसूची अनुसार भाउ घटेर आएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा र डिजेल ११ रुपैयाँ २६ भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहेको छ ।अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।

निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर ४५ रुपैयाँ बढेर आएको छ । ग्यासमा प्रतिसिलिन्डर २७७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

 


Back_to_top