अटो व्यवसायीद्वारा आन्दोलनको घोषणा, प्रोफाइल पिक्चरमा नारा राख्नेदेखि सडकमा धर्नासम्म

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । चैतदेखि लगाइएको गाडी आयात प्रतिबन्धका कारण व्यवसाय नै धरासायी भएको भन्दै व्यवसायीहरूले सरकार र राष्ट्र बैंकलाई दबाब दिन आन्दोलन गर्ने भएका हुन् ।

शुक्रबार नाडा अटो मोबाइल एसोसिएसन (नाडा)ले पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नाडाले सरकार र राष्ट्र बैंकलाई दबाब दिन चरणबद्ध रूपमा आन्दोलन गर्ने जनाएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाले अब व्यवसायीहरू चरणबद्ध आन्दोलनमा उत्रने बताए । आन्दोलन अन्तर्गत व्यवसायीहरूले विभिन्न नारा सामाजिक संजालमा प्रोफाइल पिक्चर राख्न सुरु गरिएको छ ।

क्रमशः आफ्नो गाडीहरूमा नारा टाँस्ने, शोरुममा ब्यानर टाँस्नेदेखि माइतीघरमा पुगेर धर्ना दिने योजना रहेको उनले बताए ।

व्यवसायीहरूले गत चैतदेखि लगाएको गाडी आयात प्रतिबन्ध खुलाउनुपर्ने, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, ब्याजदर घटाउनुपर्ने लगायत माग राखेका छन् ।


Back_to_top