२०० किलोमिटर रेन्ज भएको मोटरसाइकलको विक्री सुरु हुँदै

काठमाडौं । ‘ओवेन रोर इलेक्ट्रीक मोटरसाइकल २०२३ को मार्चदेखि विक्री सुरु हुने भएको छ । भारतको बैंगलोर बेस स्टार्टअप कम्पनी ओवेन इलेक्ट्रीकले केहि समयअघि सार्वजनिक गरेको मोटरसाइकल विक्री सुरु गर्ने ृतयारी गरेको हो ।

कम्पनीले ९९ हजार एक्स-शोरुम मूल्य तोकेर ‘ओवेन रोर’ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको थियो। मूल्यका हिसावले पनि निकै किफायती यो मोटरसाइकल कम्पनीले भारतको विभिन्न ७ राज्यबाट विक्री सुरु गर्ने भएको हो ।

कम्पनीले फ्युचरस्टीक डिजाइनमा तयार पारेको यो मोटरसाइकलमा राउण्डसेप एलइडी हेडल्याम्प दिएको छ । त्यस्तै यसमा इन्टिग्रेटेड गोलाकार एलइडी डिआरएल, स्प्लीट सिट, स्प्लीट ग्रयावरेल, अलाय ह्वील दिएको छ ।

ओवेनका अनुसार यो मोटरसाइकल ०-४० को स्पीड मात्र ३ सेकेन्डमा पुरा गर्छ । यो मोटरसाइकलको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । ओवेन रोरमा तीन राइडिङ मोड दिइएको छ ।

यो मोटरसाइकलमा ४.४ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ । यसमा ब्याट्री कुलिङ प्रविधि (एमएचएक्स)को प्रयोग गरिएको छ । यो मोटरसाइकलले ६२ एनएम टर्क प्रदान गर्छ ।

ओवेन रोरको अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन दिइएको छ । ब्रेकिङ सेटअपमा दुबै तर्फ डिस्क ब्रेक दिइएको छ भने, एबीएस उपलब्ध छैन । त्यस्तै यसमा एलइडी इन्स्ट्रुमेन्ट कन्सोलका साथै कनेक्टिभिटी फिचर पाउन सकिन्छ ।


Back_to_top