अफरमा मोटरसाइकल र कार किन्नेले यी डकुमेन्ट पेश गर्नु पर्ने

काठमाडौं । अहिले कार तथा मोटरसाइकल किस्तामा किन्न चाहने मानिसलाई कम्पनीहरुले विभिन्न किसिमका अफर दिइ रहेका छन् । तर, यस्ता अफरमा सवारी साधन किन्न मानिसले के कस्ता डकुमेन्टहरु पेश गर्नु पर्ने छ भन्ने विषयमा धेरैलाई जानकारी नहुन सक्छ ।

अहिले अटो बिक्री कम्पनीले चलाएका विभिन्न हायर पर्चेज कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुले कर्जा उपलब्ध गराउँदै आएका छन् । मोटरसाइकलको हकमा भने अधिकांश कर्जा हायर पर्चेज कम्पनीहरुले नै दिदै आएका छन् ।

बाणिज्य बैंकहरुले ८ प्रतिशतदेखि नै कर किन्नेहरुलाई कर्जा दिदै आएका छन् । यस्तो कर्जा ग्राहकले १० वर्षसम्मको लागि लिन सक्ने छन् । मोटरसाइकल किन्ने ग्राहकले भने बढीमा ३ वर्षसम्मको किस्तामा रकम प्राप्त गर्न सक्ने छन् । हायर पर्चेज कम्पनीहरुले भने १७.५ प्रतिशतसम्म व्याज लगाउँदै आएका छन् ।

मोटरसाइकल कर्जाको लागि चाहिने कागज पत्र

१. दुई कपी पासपोर्ट साइजको फोटो

२. नागरिकताको फोटो कपी

३. समयावधि रहेको चालक अनुमति पत्र

४. आय स्रोत खुल्ने कागज पत्र

५. पानी वा विजुलीको बिल

६. जमानी बस्ने मानिस र उसको २ प्रति फोटो

७. जमानी बस्नेको नागरिकता

कार किन्न चाहनेको लागि अवस्यक कागज पत्र

१. दुई कपी पासपोर्ट साइजको फोटो

२. नागरिकताको फोटोकपी

३. मासिक आम्दानीको स्रोत र कर तिरेको प्रमाण

४. जमानी बस्ने मानिस

५. उसको नागरिकताको फोटोकपी

६. कम्तीमा ६ महिनाको बैंक स्टेटमेन्ट


Back_to_top