सामाजिक उत्तरदायित्वमा एउटा प्रयास ‘डिङ्गस् अर ड्राइभ डिसाईड’

काठमाडौं । चाडवार्डको समयमा मदिरा सेवन गरेर सावरीसाधन चलाउने चालकलाई लक्षित गरेर मेरोअटो डटकमले चेतना मुलक सामाग्री प्रशारणको सुभारम्भ गरेको छ ।

हामीले यो सामाजिक चेतना कार्यक्रमको लागो आसोज २६ गते सार्वजनिक गरेका थियौं । नाडा अटोमोवाईल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहाल र अटाे व्यवसायी सुऋत घिमिरेले संयूक्तरुपमा यो क्याम्पेनको लोगो सार्वजनिक गरेका थिए ।

दशैंको समयमा मध्यपान गरेर सवारी चलाउने चालकलाई जीवन प्रति खेलवाड गरेर सवारीसाधन नचलाउन सचेत गराउने सूचनामुलक सामाग्री प्रकाशन गर्ने प्रयास गरेका छौं । यस कार्यक्रकमा हामीले सार्वजनिक सवारीसाधन ब्यवसायमा गर्ने कम्पनीको तर्फबाट सिप्रदी ट्रेडिङ र प्यासेन्जर भेइकलको व्यवसायमा रहेको लक्ष्मी ग्रुपसँग सहकार्य गरेका छौं । साथै इन्स्योरेन्स कम्पनी सगरमाथालाई समेत हामीले यस कार्यमा पाट्नर कम्पनीका रुपमा लिएका छौं ।

यो कार्य अन्तर्गत हामीले बिभिन्न सुचनामूलक सामाग्रीलाई हाम्रो न्युज पोर्टलमा प्रकाशन गर्ने छौं । यसको प्रकाशन यही असोज २० गतेदेखि ४ गतेसम्म निरन्तर जारी रहने छ ।


Back_to_top