काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायतका अन्य सेवाहरु दसैँ विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ ।
आफ्ना ग्राहकहरुका सुविधालाई ध्यानमा राखेर दशैको दिनमा पनि सेवा दिने चन्द्रागिरि हिल्स व्यवस्थापनले जनाइको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ


