केटीएमको सस्तो बाइक डुक-१२५ आउँदै

केटीएम डुकको सस्तो बाइक आउने भएको छ । अष्ट्रीयन ब्रान्डको डुक १२५ सीसी क्षमतामा भारतीय बजारमा आउन लागेको हो । कम्पनीले भारतीय बजारमा बजाज अटोसँगको सहकार्यमा केटीएमका बाइकहरु उत्पादन गर्दै आएको छ । 

भारतीय बजारमा उत्पादन भएरपनि अहिलेसम्म भारतमा बिक्री वितरण नभएको डुक १२५लाई अब भने कम्पनीले बजारमा ल्याउने भएको हो । नोभेम्बर महिनाबाट भारतीय बजारमा केटीएम डुक बिक्री वितरण हुने भएको छ ।

भारतीय बजारमा डुक १२५ को मूल्य १ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ । जसले भारतीय बजारमा एफजेड र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

डुक १२५ स्टायडर्ड फिचरका साथ आउने छ । जसमा डियुल च्यानल एबीएस हुने छ । कम्बी ब्रेकिङ सिस्टममा आउने १२४.७ सीसी क्षमताको इन्जिनले १५ बिएचपी पावर र ११.८ एनएम टर्क जेनेरेट गर्छ । 

नेपाली बजारमा पनि डुकका उत्पादनहरु बिक्री वितरण हुँदै आइरहेको छ । गोल्छा अर्गनाईजेशनले बिक्री वितरण गर्दै आएको डुक १२५ नेपाल ल्याउने प्रयास भइरहेको बुझिएको छ । 

भारतीय बजारमा आएको केही महिना भित्रै यसलाई नेपाली बजारमा गुडेको देख्ने अनुमान लगाउन सकिन्छ ।   


Back_to_top