काठमाडौं । लकडाउन केही खुकुलो भएपछि आर्थिक गतिविधिहरु बढ्न थालेका छन् । यस्तोमा मोटरसाइकल तथा स्कुटर सिकाउने ड्राइभिङ स्कुलहरुले समेत विशेष छुट घोषणा गरेका छन् ।
दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलले लकडाउन पछि सवारी साधन चलाउन सिक्ने ग्राहकलाई २० प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको छ । दादा ड्राइभिङ स्कुलमा उपत्यका भित्र छरिएर खुलेका विभिन्न ३५ वटा ड्राइभिङ सेन्टरहरु आवद्ध रहेका छन् ।
उक्त सुविधा लिन चाहने ग्राहकले यस स्कुल मार्फत आफुलाई पाएक पर्ने स्थानको छनोटगरि मोटरसाइकलदेखि हेभी इक्यूपमेन्टसम्म चलाउन सिक्न पाउने छन् । यसमा जोडिएका ड्राइभिङ सेन्टरले गाडी चलाउन सिकाउनुको साथै विभिन्न सुरक्षा अवलम्बन गर्नु पर्ने विषयमा विद्यार्थीलाई विशेष कक्षा लिने व्यवस्था गरेको छ ।
‘हामीले गाडी चलाउन मात्र सिकाउँदैनौ, उनिहरुलाई सुरक्षीत गाडी कसरी चलाउने भन्ने विषयमा विशेष ज्ञान दिने छौं’, दादा ड्राइभिङ स्कुलका संस्थापक सन्तोष न्यौपानेले भने ।
उनले अहिले दिइरहेको अफर केही समयको लागि भएको बताउँदै भने, ‘अहिले मानिसको आय कमजोर भएको छ । अब विस्तारै मानिसलाई काममा निस्कनु पर्ने हुन्छ । त्यसैले हामीले अफर ल्याएर विद्यार्थीलाई केही सजिलो बनाएका हौं ।’
यस ड्राइभिङ स्कुलमा मोटरसाइकल सिक्न ३ हजारदेखि ७ हजारसम्म खर्च गर्नु पर्ने हुन्छ भने कार सिक्न एक महिने कोर्षको लागि १५ हजारदेखि २५ हजारसम्म तिर्नु पर्ने हुन्छ ।


