काठमाडौं । नागरिक एपमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) देखाउन थालेको छ । करिब डेढ महिनापछि मंगलबारदेखि नागरिक एपमा लाइसेन्स क्याटगोरी भन्ने अप्सन देखाएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको भवन आजगनी हुँदा विभागको सर्भर ध्वस्त भएकाले नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर हटेको थियो ।
विभागले उक्त सर्भर मर्मत गरी आइतबारदेखि संचालनमा ल्याएसँगै नागरिक एपमा पनि लाइसेन्स देखाउन थालेको हो ।
लाइसेन्स विभागको अनलाइन प्रणाली ‘ईडीएलभीआरएस सिस्टम’मा आबद्ध छ । विभागको ईडीएलभीआरएस सिस्टम नागरिक एपमा इन्ट्रिग्रेटेड गरिएको छ ।
नागरिक एपमा लाइसेन्स देखाउन थालेसँगै भौतिक रुपमा बोकेर हिँड्नुपर्ने झन्झट हटेको हो । अब ट्राफिक चेकिङमा समेत नागरिक एपबाटै लाइसेन्स देखाउन सकिन्छ ।

