काठमाडौं । बुद्ध एयरले नेपालगन्ज नयाँ दिल्ली उडान स्वीकृत पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगन्ज नयाँ दिल्ली उडान तालिका २०७५ पुष १७ गते देखि लागु हुनेगरी स्वीकृत गरेको छ।
यसअघि बुद्ध एयरले नेपालगन्जबाट नयाँ दिल्लीका लागि दैनिक ३ वटा उडानकालागि अनुमति मागेको थियो।
बुद्ध एयरले नेपालगन्जबाट दिल्ली बिहान ६:३०, दिउँसो १ र साँझ ५:१० बजे उडान अनुमतिका लागी मन्त्रालयमा अनुरोध गरेको थियो।
नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरको नेपालगन्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ।
यस उडानबाट सुदूरपश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी रारा, तिलिचो तालतलैयाले पनि पर्यटकहरुलाई पनि आकर्षित गर्नेछन्।
नेपालगञ्ज–नयाँ दिल्लीको उडान लगत्तै बुद्ध एयरले नेपालगञ्ज-पोखराको दैनिक उडान पनि भर्ने विज्ञप्तिमा उल्लेख छ।