इलेक्ट्रीक मोटरसाइकल ‘ब्राभो जीएसई’, यस्ता छन् विशेषता

स्पेनीस कम्पनी इब्रुले विभिन्न भेरियन्टका इलेक्ट्रीक सवारीसाधन उत्पादन गरिरहेको छ । यस्तोमा कम्पनी इलेक्ट्रीक मोटरसाइकल निर्माणमा प्रबेश गरेको हो ।

यसअघि कम्पनीले इलेक्ट्रीक मोपेड र स्कुटर निर्माण गरिरहेको थियो । योसँगै इब्रु मोटरसाइकल सेग्मेन्टमा समेत प्रबेश गरेको हो ।

कम्पनीले निर्माण गर्ने इलेक्ट्रीक मोटरसाइकल ‘ब्राभो जीएसई’ सामान्य लुकमा रहेको छ । पुर्ण रुपमा स्पेनीस डिजाइनमा तयार गरिएको इलेक्ट्रीक टुरर मोटरसाइकल हो । ब्राभो जीएलई स्पेनीस मार्केटमा इन्ट्री लेवल मोटरसाइकलको रुपमा कम्पनीले बजारमा उतारेको हो । यसको तौल केटीएम डुक ३९० र यामाहा आर–३ को जस्तै १४७ केजी रहेको छ ।

यस मोटरसाइकलमा अपराइट सिटीङ पोजीशनको ह्यान्डलबार रहेको छ । यसले राइडरलाई उत्कृष्ट कम्र्फट प्रदान गर्छ ।

कम्पनीका अनुसार यो मोटरसाइकल १२५ सीसी सेग्मेन्टमा वर्गिकरण गरिएको छ । यसमा लिथियम आयन ब्याट्रीका साथै ब्रसलेस मोटर दिइएको छ । यो मोटरले ७ हर्सपावर जेनेरेट गर्छ भने ७० माइकल प्रतिघन्टा कुद्न सक्छ । यो ब्याट्री एकपटकको फुलचार्जमा करिब १०० किलोमिटर रेञ्ज प्रदान गर्छ भने व्याट्रीलाई ५ घन्टामा फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यस मोटरसाइकलमा दुई पावर मोड रहेको छ । लो तथा हाइ मोडमा आवस्यकता अनुसार चलाउन सकिने छ । यो मोटरसाइकलमा न्युट्रल र रिभर्स मोेड समेत रहेको छ । यसको मूल्य स्पेनीस मार्केटमा ४ हजार ८५८ डलर रहेको छ ।


Back_to_top