काठमाडौं । विश्वमै सबैभन्दा ठूलो मोटरसाइकल प्रदर्शनीको रुपमा चिनिएको EICMA मोटरसाइकल शो २०२१ नोभेम्बरमा आयोजना हुने आधिकारीक जानकारी दिइएको छ । आयोजकले ७८ औं EICMA मोटरसाइकल शो नोभेम्बर २३ देखि २८ सम्म आयोजना गर्ने आधिकारीक घोषणा गरेको हो ।
EICMA मोटरसाइकल शो २०२० को नोभेम्बर ३ देखि ८ सम्म आयोजना गर्ने यसअघिको मितिमा कोभिड १९ को असरको कारण स्थगित भएको थियो ।
इटालीको मिलानमा आयोजना हुने EICMA मोटरसाइकल शोमा सहभागिता जनाउन आयोजकले अपिल समेत गरेका छन् ।

