एप्पलको कार चढ्न चाहनेले अझै कुर्नु पर्ने

काठमाडौं । विश्व चर्चित मोवाइल तथा विद्युतीय सामाग्री उत्पादक कम्पनी एप्पलले बजारमा ल्याउने घोषणा गरेको कार चढ्न ग्राहकले अझै कुर्नु पर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो विद्युतीय कार सन् २०२४ मात्रै बजारमा ल्याउने जानकारी दिएको छ ।

कम्पनीले ल्याउने पहिलो कार चालक रहित आफैँ गुड्न सक्ने हुने छ । यसको लागि एप्पलले आफ्नै व्याट्री बनाइरहेको छ । एप्पलले बनाउने कारको व्याट्री सस्तो मात्र होइन धेरै किलोमिटर रेञ्ज दिनेगरि बनिरहेको विभिन्न रिपाेर्टहरुले दाबी गरेका छन् ।

कम्पनीले एप्पल कारको योजना सन् २०१४ मा नै अगाडि ल्याएको थियो । तर, यसको डिजाइन लगायतका विषयमा सन् २०१७ मा आधिकारीक जानकारी गराएको थियो । अब भने कम्पनीले यसको प्रोटोटाइप बनाइरहेको विषय बाहिर आएको छ । कम्पनीले सन् २०२१ सेप्टेम्बरमा यसको प्रोटोटाइपको ग्लोवल प्रिमियर गर्ने तयारी गरिरहेको छ । प्रोटोटाइपको परिक्षणपछि मात्रै यसको प्रडक्सन मोडलमा काम हुने छ । त्यसैले कम्पनीले सन् २०२४ लाई संभावित मिति भनेको हो ।

एप्पलको कारलाई विश्व अटोमोवाइल बजारले नजिकबाट निहालिरहेको छ । जसरी मोवाइल, ल्यापटप, कम्पियूटर लगायतका ग्याजेटमा एप्पलले नाम बनाएको छ, त्यसैगरि अटोमोवाइलमा उसले छाप छाड्न सक्ने डर अन्य उत्पादकमा रहेको हुन सक्छ । उसोत एप्पल विश्वकै सर्वाधिक ब्राण्ड भ्यालु भएको कम्पनी हो ।


Back_to_top