ईभीमा आगलागी हुन सक्ने ५ कारण

काठमाडौं । एमजीको ईभीमा आगलागीको घटनाले अहिले अटोमोवाइल बजारमा निकै ठूलो चर्चा भइरहेको छ । गत साता भएको आगलागीको घटनालाई कम्पनीले आधिकारीक रुपमा कुनै जानकारी सार्वजनिक गरेको छैन । साथै, गाडीधनीले पनि आगलागी कसरी भयो भन्ने विषयमा जानकारी दिन सकेका छैनन् ।

राती चार्जमा राखेर सुतेको गाडीमा अन्दाजी रातको १ः१५ बजे आगलागी भएको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ । प्रहरीले घटना सट सर्किट भएर आगलागी भएको भनेरै मुचुल्का उठाएको छ ।

एमजीको जेडएस ईभी सट सर्किट भएर आगलागी भएको भएपनि विद्युतीय गाडीमा मुख्यतथा ५ कारणले आगलागी हुन सक्छ ।

यस्तो हुन सक्छ ५ कारण

ईभी निकै हाइटेक भएको कारण यसरी नै आगलागी भएको हो भनेर बाहिरबाट हेरेर एकिन गर्न सकिदैन । यद्यपि अहिलेसम्म विश्वभर भएका घटनालाई आधार मान्दा ईभी चार्ज गर्दा आगलागीको पहिलो कारण सट सर्किट हुने गरेको पाइन्छ ।

दोस्रो कारण खराब चार्जरलाई मान्ने गरिन्छ । खराब चार्जरले गर्दा चार्जमा राखेका स्थानमा धेरै गाडी आगलागी भएका छन् ।

ईभीमा भएको ब्याट्री मेनेजमेन्ट सिस्टम (बीएमएस) फल्ट भएर पनि आगलागी हुने गरेको छ । बीएमएस सिस्टम फल्ट हुँदा ब्याट्री तात्न गएर आगलागी हुने सम्भावना धेरै हुन्छ ।

एउटा कारमा धेरै वटा ब्याट्री सेल हुन्छन् । यदि, कथैमकदाचित एउटा सेल पड्केको अवस्थामा सबै ब्याट्रीमा त्यसको असर पर्न सक्छ । र त्यसले आगलागी हुने गर्छ ।

ईभीमा आगलागी को ५ औं कारण दुर्घटना हो । ठूलो दुर्घटनाको कारण पनि गाडीमा आगलागी हुन सक्छ ।

एमजीको जेडएस ईभीमा भएको आगलागी घटनामा कम्पनीले जनाए अनुसार ब्याट्रीमा कुनै क्षती पुगेको छैन । यसको मतलव यो घटना सट सर्किटकै कारण भएको हुन सक्छ ।


Back_to_top