युवा वैज्ञानिक इलन मस्कको बोरिङ्ग कम्पनीले आफ्नो पहिलो हाइस्पीड अन्डरग्राउन्ड टनेल बनाउने काम पूरा गरेको छ । यो आम–नागरिकका लागि डिसेम्बर १८ बाट खुल्ला गरिने भएको छ ।
यो टनेल अमेरिकाको लसएन्जलसको हथौनामा बनाइएको छ । यसअघि डिसेम्बर १० मा सुरु हुने भनिएको यो टनेल केही कारणवश एक हप्ता ढिला हुन गएको कम्पनीले जनाएको छ । ३.२ किलोमिटर लामो टनेलले सफलता पाउने हो भने यातायातको क्षेत्रमा यो एकदमै नयाँ खोज हुने जनाइएको छ ।
अब टनेल लञ्चिङ्गकासाथै भविष्यमा यसमा प्रयोग गरिने एलिभेटरको पनि प्रदर्शन गरिने भएको छ । जसले कार तथा बसलाई टनेलमा प्रवेश गराउन प्रयोग गरिनेछ ।
बोरिङ्ग कम्पनीले सो टनेलको लञ्चिङ्गको जानकारी दिएको हो । कम्पनीले सोसल मिडियामा डिसेम्बर १८ मा सार्वजनिक गर्ने जानकारी दिएको छ । सार्वजनिक भएको भोलिपल्टदेखि सर्वसाधारणको लागि खुल्ला गरिनेछ । जहाँ अवलोकनकर्ता हाइस्पीड टनेलमा राइडको आनन्द लिन सक्नेछन् ।
राइडरले यस टनेलमा द्रूत–स्पीडको मज्जा लिन सक्नेछन् । जहाँ गाडी २५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्नेछ ।

