इलन मस्कले किने ५१ खर्व ६० अर्वमा ट्वीटरको स्वामित्व

काठमाडौं । युवा बैज्ञानिक तथा हाइटेक इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाका सीर्ईओ इलन मस्कले ट्वीटरको स्वामित्व खरिद गरेका छन् । उनले ४३ अर्व डलर झण्डै ५१ खर्व ६० अर्व रुपैयाँ मूल्यमा ट्वीटरको स्वामित्व खरिद गरेका हुन् ।

ट्वीटरको स्वामित्व खरिद गरेपछि इलन मस्कले एक ट्वीट गर्दै आफुले ट्वीटरमा केही नयाँ प्रयोग गर्न चाहेको बताएका छन् । उनले लोकतन्त्रलाई मजवुद बनाउन खुल्ला बहस र छलफल गर्ने थलोको रुपमा यसलाई विकास गर्दै मानिसहरुको विश्वास आर्जन गर्न आफु लागि पर्ने जनाएका छन् ।

विश्व प्रसिद्ध इलेक्ट्रीक कार ब्राण्ड टेस्लाको कारण सधैँ चर्चामा रहने गरेका मस्क, स्पेश एक्स र आइपर शोनीक जेटको कारण चर्चाको शिखरमा रहँदै आएका छन् । विश्वका धेरै अपतमा परेका समाजमा सहयोग गर्दै आएका मस्कले केही समयअघि ९.२ प्रतिशत सेयर खरिद गरेर ट्वीटमा प्रबेश गरेका थिए ।


Back_to_top