पेट्रोल किन्ने पैसाले मासिक किस्ता तिर्न पुग्ने कार

काठमाडौं । पायोनियर वर्ल्ड वाइड प्रालिले नेपाल ल्याएको हेनरी ब्राण्डको टाइगर मोडल बी मासिक १९ हजार ४२० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिन्छ । कुनै पनि पेट्रोल कारले मासिक इन्धनमा गर्ने खर्चबाटै यसको किस्ता तिर्न पुग्छ ।

कम्पनीले नेपाल ल्याएको यो चिनियाँ ब्राण्डको नयाँ ह्याचव्याक कारको मूल्य २२ लाख रुपैयाँ तोकेर बुकिङ सुरु गरेको छ । विद्युतीय गाडीमा २० प्रतिशत मात्रै रकम डाउन पेमेन्ट वापत बुझाएर ८० प्रतिशतसम्म कर्जा सुविधा लिन पाइने भएपनि यहाँ हामीले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम ७ वर्ष भित्र तिर्नेगरी मासिक किस्ता निकालेका हौं ।

अहिले बजारमा ब्याजदर पनि बढी रहेको छ । वर्षिक औषत १२ प्रतिशत हाराहारीमा अहिले विद्युतीय गाडीको लागि कर्जा सुविधा उपभोग गर्न पाइन्छ । यसरी गाडीको मूल्यको ११ लाख रुपैयाँ कर्जा सुविधा लिँदा मासिक १९ हजार ४२० रुपैयाँ किस्ता तिर्नु पर्छ ।

कम्पनीको अनुसार एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने यो कारमा १६.५ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक दिइएको छ । अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको यो इभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ । कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटरको बारेन्टी प्रदान गरेको छ ।

विद्युतीय गाडी भएको कारण यसमा धेरै किसिमका आधुनिक फिचर उपलब्ध रहेका छन् । यसमा म्यानुयल ह्याण्ड ब्रेकको प्रयोग भएको छ भने इलेक्ट्रीक पावर स्टेरिङ, ७ इन्चको डिजिटल क्लष्टर, पीयु लेदर सिट, पावर विन्डो, डाइनामिक गाइड लाइन सहितको रिभर्स क्यामेरा, रिभर्स सेन्सर, १३ इन्चको आल्मुनियम ह्वील जस्ता फिचर दिइएको छ ।


Back_to_top