मोटरहेडको दशैं तिहार योजनाको विजेता घोषणा

काठमाडौं । मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले ‘पर्व खुशीको, पर्व बिश्वासको’ नामक दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै ल्याएको अफरको आज लक्की ड्र कार्यक्रम गरेर विजेता छनोट गरेको छ ।

कम्पनीले संचालन गरेको चाडपर्व लक्षित योजनामा मोटरसाइकल खरीद गर्ने ग्राहकलाई कम्पनीले १२ हजार नगद छुट, फाइनान्समा किन्नेलाई ८ हजार नगद छुट दिएको थियो । साथै, कम्पनीले तीन जना भाग्यशाली विजेतालाई गोला प्रथाबाट १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार दिने घोषण गरे अनुसार आज सोमबार लक्की ड्र मार्फत विजेता घोषणा गरेको हो ।

उक्त लक्की ड्र मार्फत २५ हजार रुपैयाँ बिजेता शुशान्त पौडेल, ५० हजार रुपैयाँ विजेता दयाबुद्ध मगर र १ लाख रुपैयाँ विजेता सुभेन्दु रत्न तुलाधर भएका छन् । उनिहरुले क्रमश टेकु, बालाजु र धोबिघाट शोरुमहरुबाट मोटरहेडका मोटरसाइकल किनेका थिए ।


Back_to_top