होन्डाले साना इलेक्ट्रीक स्कुटर र ठूला ई-बाइक बजारमा ल्याउने

काठमाडौं । होन्डाले दुई पाङ्ग्रे सवारीसाधन सेग्मेन्टमा धेरै नयाँ मोडल ल्याउने घोषणा गरेको छ । होन्डा इन्डियाले साना र कम मूल्यका इलेक्ट्रीक स्कुटर र विग बाइक सेग्मेन्टमा इलेक्ट्रीक बाइक ल्याउने घोषणा गरेको हो ।

नयाँ मोडलहरुको योजना सार्वजनिक गर्दै होन्डा इन्डियाका म्यानेजिङ डाइरेक्टर, प्रेसिडेन्ट र सीईओ अतुशी ओगटाले भने, ‘चीन र जापानको अनुभवका आधारमा विद्युतीय स्कुटर चढ्न निकै सहज छन् । चीनमा पनि धेरै इलेक्ट्रीक स्कुटर र केही ई-बाइक छन् । त्यसैले हामी कम्यूटर सेग्मेन्टमा ई-बाइक भारतमा उत्पादन गर्दैनौं । किन भने ई-बाइक महंगो पर्छ ।’

भारतमा अहिले पनि परम्परागत साना मोटरसाइकलले कुल बजारको ६० प्रतिशत हिस्सा ओगटेको छ । अहिले थुप्रै कम्पनीले इलेक्ट्रीक स्कुटर उत्पादनमा जोड दिइरहेका छन् भने केही कम्पनीले मात्रै इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्दै आएका छन् ।

अहिले होन्डाले विद्युतीय मोटरसाइकल र स्कुटरको थप सम्भाब्यता अध्ययन गरिरहेको कारण चाँडै बजारमा नयाँ मोडल ल्याउने योजना बनाएको छ । कम्पनीले सम्भवत सन् २०२३ को अन्त्यसम्ममा इभी बजारमा ल्याउने छ । साथै, सन् २०३० सम्ममा वार्षिक १० लाख यूनिट इभी विक्री गर्ने लक्ष्य बनाएको छ ।


Back_to_top