१४९ जना बोकेर केन्या जाँदै गरेको इथोपियन एयर दुर्घटना

आदिस अवावाबाट केन्याको नैरोबी जाँदै गरेको इथोपियन एयरलाईन्सको बोइङ ७३७ दुर्घटनामा परेको छ । 

बीबीसीका अनुसार उक्त विमानमा १४९ यात्रु र ८ जना चालक दलका सदस्य सवार थिए । स्थानीय समयअनुसार बिहान ८ बजेर ४४ मिनेटमा उक्त विमानले उडान भरेको थियो । 

इथोपियन प्रधानमन्त्रीले टुईटर मार्फत विमान दुर्घटनामा परेको पुस्टी गरेको बीबीसीले उल्लेख गरेको छ । 

उद्वार टोली विमान दुर्घटना स्थलतर्फ लागेको जनाइएको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।


Back_to_top