काठमाडौं । विश्वमा ब्याट्री इलेक्ट्रिक भेहिकलको उत्पादन सुरु भएसँगै ब्याट्रीमा तिब्र खोज सुरु भएको छ । विशेषत आजको दिनमा उत्पादन हुने गाडीमा लिथियम आयोन र निकेल मेटल हाइड्राइड ब्याट्री प्रयोग हुँदै आएको छ ।
केही दुई पाङ्ग्रे र केही साना मिनी ईभीहरु लिड एसिड ब्याट्री पनि प्रयोगमा नै रहेको पाइन्छ । अहिले चल्तीमा रहेका लिथियम आयोन र निकेल मेटल हाइड्रइड ब्याट्री कम रेन्ज र धेरै चार्जिङ समय लाग्नेखालका छन् । त्यसैले गाडी उत्पादकले त्यसको विकल्पको खोजी गरिरहेका छन् ।
सुरक्षाको हिसावले पनि लिथियम र निकेल मेटलको विल्कपको खोजी गाडी र ब्याट्री दुबै उत्पादकले खोजी गरिरहेका छन् । त्यही खोजमा विशेषगरी जापानी अटो उत्पादकहरु लागि रहेका छन् । उनिहरुले सोलिड स्टेट ब्याट्रीलाई प्रयोगमा ल्याउने चरणमा पुर्याएका छन् । त्यस्तै चिनियाँ उत्पादकले लिथियम फस्फोरस ब्याट्रीमा सन् २०१२ देखि काम गरिरहेको छ ।
यसका अलावा पनि सोडिम आयोन, म्याग्नेसियम आयोन र उड बेस ब्याट्री उत्पादनमा खोजहरु चलिरहेका छन् । त्यसमध्ये नयाँ खोज चलिरहेका र बजारमा आउन लागेका ४ प्रकारका ब्याट्रीको बारेमा जानकारी राख्न सबैको लागि फाइदाजनक हुने देखिन्छ ।

लिथियम फस्फोरस ब्याट्री ‘नेशनल नेचुरल साइन्स फाउन्डेशन अफ चाइना’ले अनुषन्धान र उत्पादनमा काम गरिरहेको छ । चाँडै यसको ब्यापक प्रयोग हुने अपेक्षा गरिएको छ । सानो साइज, छिटो रिचार्ज र उच्च माइलेज यसको मुख्य खुबी हुने बताइएको छ ।
सोलिड स्टेट ब्याट्री जापानी अनुसन्धनकर्ताको खोज हो भने सोडिम आयोन र म्याग्नेसियम आयोनमा अमेरिकी अनुषन्धानकर्ताहरु काम गरिरहेका छन् ।
त्यसैगरी सबैभन्दा नयाँ खोजको रुपमा रहेको उड बेस ब्याट्री जापानी कम्पनीले अनुषन्धान गरिरहेको छ । सुरुमा स्मार्ट फोनहरुमा यो ब्याट्री प्रयोग गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन्छ । यदि कम्पनीले चाहे अनुसार काम भएर सफलता प्राप्त भएको खण्डमा सन् २०३० बाट यसको व्यवसायीक उत्पादन सुरु हुनेछ ।


