विद्युतीय कारमा बढेको कर घटाउनु आवश्यक छैनः अर्थमन्त्री

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट इलेक्ट्रीक कारमा बढाइएको करका दरको व्यापक विरोध भएपनि अर्थमन्त्री डा. युवराज खतिवडाले तत्काल यी दरमा परिमार्जन नहुने बताएका हुन् ।

राष्ट्रिय सभामा उठेका सांसदहरुको जिज्ञासाको उत्तर दिदै अर्थमन्त्री डा युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा लागेको कर तत्काल नघटाउने बताएका हुन् ।

‘तत्काल सरकारले इलेक्ट्रीक कारमा लगाईएको कर परिमार्जन गर्नु पर्ने सरकारले देखेको छैन’, अर्थमन्त्री खतिवडाले भने ।

उनले सर्वाजनिक यातायातमा प्रयोग हुने सवारीसाधनमा भन्सार लगायत कुनै किसिमको कर बढाइएको छैन । तर, इलेक्ट्रीक कारमा कर छुट दिन नसकिने बताए ।

उनले विद्युत उपभोग बढाउन मूल्य घटाइएको र मानिसको भान्सामा विद्युत खपत हुनेसमेत दाबी गरे ।


Back_to_top