काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोविड-१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिन भन्दै विशेष प्याकेज ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् ।
हाल कोविड-१९ ले ल्याएको चुनौतिहरुसँग सामना गरी अघि बढ्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुन्डाईले आफ्नो गाडी खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्ताको ५० प्रतिशत रकम तिरिदिने जनाएको छ ।
साथै, ग्राहकले आकर्षक नगद छुट, एक वर्षको नि:शुल्क बीमा, नि:शुल्क सडक कर (आव ७७/७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको सुविधा उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख गरेको छ । अहिलेको अवस्थामा कोरोना भाईरस बिरुद्ध अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई विशेष प्याकेज उपलब्ध गराउने कम्पनीले जनाएको छ । यससँगै चार वर्षको नि:शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि ग्राहकले पाउने छन् ।

