इलेक्ट्रीकभन्दा हाइब्रिड कार वातावरणमैत्री, इभीको व्याट्री २१ गुणा खराब !

काठमाडौं । डिजेल/पेट्रोल इन्जिनयुक्त सवारीले धेरै प्रदूषण गरेको भन्दै विश्व पर्यावरण सन्तुलन गर्ने प्रयास स्वरुप विद्युतीय सवारी साधनको प्रयोगलाई जोड दिइएको छ । अहिले संसारभर यसले तिब्रता पाएको छ । 

तर, इलेक्ट्रीक सवारीमा प्रयोग भएको व्याट्री भन्दा हाइब्रिड सवारीले कम प्रदूषण गर्ने तथ्य बाहिर आएको छ । प्रदूषण अनुसन्धान कर्ताहरुले विद्युतीय प्रणाली भन्दा हाइब्रिड प्रणाली उत्कृष्ट हुने निष्कर्ष निकालेका छन् । अनुसन्धानकर्ताहरुले अन्तर्राष्ट्रिय स्तरमै भेइकल इमिशनलाई नियन्त्रण गर्न इलेक्ट्रीक भन्दा हाइब्रिड सवारी साधनको प्रयोगलाई बढवा दिनुपर्ने बताएका हुन् । 

उत्र्सजन मापदन्डको अध्ययन तथा अनुसन्धान गर्दै आएका विज्ञहरुले प्रभावकारी ब्याट्री अर्थात हाइब्रिड प्रणालीको प्रयोगले कार्बनडाइअक्साइडको उत्र्सजनलाई कम गर्ने दाबी गरेका छन् । ब्याट्रीको साइजको आधारमा मूल्यांकन गर्दा इलेक्ट्रीक ब्याट्री हाइब्रिड भन्दा २१ गुणा खराब हुने विज्ञहरुको निष्कर्ष छ । 

कारमा उपलब्ध ब्याट्रीको साइजलाई किलोवाट आवर (केडब्ल्यू)मा मापन गरिन्छ । ब्याट्रीको साइजको आधारमा कार्बनडाइअक्साइडको प्रभावलाई कति कम गर्छ भन्ने हेरिन्छ । जसलाई ग्राम पर किलोमिटर, पर किलोवाट आवरमा मापन गर्ने गरिन्छ । इलेक्ट्रीक भेइकलमा बढी रेन्ज प्रदान गर्नका लागि ३.५ ग्रामको ब्याट्री दिइन्छ भने सोही तुलनामा हाइब्रिडमा ५०.५ ग्राम र माइल्ड हाइब्रिड मोडलमा ७३.९ ग्रामको ब्याट्री लगाइन्छ । 

प्रदूषण विज्ञ तथा अनुसन्धानकर्ता निक मोल्डेनले हाइब्रिड मोडलको उत्पादन तथा प्रयोगलाई बढवा दिनुपर्ने बताएका छन । ‘टेलपाइप इमिसनलाई कम गर्नको लागि इलेक्ट्रीफिकेसन महत्वपूर्ण माध्यम तथा खोज बनेको छ । पूर्ण इलेक्ट्रीक भेइकलको उत्पादन उत्सर्जन न्युनिकरणको उत्कृष्ट विकल्प हो । तर, हाइब्रिड प्रणाली कार्बनडाइअक्साइड ग्यासको उत्र्सजनमा कमी ल्याउनका लागि अझै राम्रो विकल्प बन्न सक्छ,’ मोल्डेनले भनेका छन् । 

अझै लामो समयसम्म सडकमा गुड्ने ग्यासोलिन सवारी प्रदूषण नियन्त्रणको बाधक बन्ने उनको बुझाई छ । विस्तारै इलेक्ट्रीक सवारीको विकल्प खोज्नुपर्ने बताउँदै मोल्डेनले कार्बनडाइ अक्साइडको प्रभावलाई कम गर्नको लागि हाइब्रिड मोडलको प्रयोगलाई जोड दिनपर्ने दोहोर्याएका छन् । 

यो समाचार इनसाइडइभीज्मा जेम्स फोसडिकले लेखेका हुन् । 


Back_to_top