हुन्डाई मोटर इन्डियाले भारतमा पहिलो पटक इलेक्ट्रीक सवारी बिक्री गर्दैछ । हुन्डाईले भारतमा कोना इभी अर्को महिना सार्वजनिक गर्ने भएको हो । यसका साथै हुन्डाईले भारतमै इलेक्ट्रीक कम्प्याक्ट एसयूभी उत्पादन गर्ने घोषणा गरेको छ ।
इलेक्ट्रीक सवारीको बजार बढ्दै गएकाले हुन्डाईले उक्त बजारमा आफ्नो उपस्थिति मजबुत बनाउन ठूलो लगानीसहित भारतमा इलेक्ट्रीक कार उत्पादन गर्ने भएको हो । विजनेश कोरियाले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार २०२१ सम्ममा भारतमा इलेक्ट्रीक कम्प्याक्ट एसयूभी उत्पादन हुनेछ ।
उपभोक्तको कम्प्याक्ट एसयूभी तथा क्रसओभर सवारी प्रतिको मोहलाई मध्यनजर गर्दै कम्पनीले इलेक्ट्रीकमा पनि कम्प्याक्ट एसयूभी गाडी बनाउने भएको हो । हुन्डाईको कम्प्याक्ट इ–एसयूभीको रेञ्ज (माइलेज) कोनाको भन्दा केही बढी हुनेछ ।
नयाँ कम्प्याक्ट इ–एसयूभीको रेञ्ज एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटरभन्दा बढी हुने बताइएको छ ।

