विद्युतीय कारको लागत कम हुँदै, वार्षिक ६ करोड यूनिट बिक्री हुने अनुमान

काठमाडौं । नेपालमा विद्युतीय कारको बिक्रीमा जुन उत्साह सन् २०१९ मा देखियो अब त्यो फर्कन्छ वा फर्कदैन अहिल्यै भन्न सक्ने अवस्था छैन । तर, अन्तर्राष्ट्रिय बजारमा बिद्युतीय कारको बिक्री बढ्दै गएको छ ।

लिथियम आयोन व्याट्रीको मूल्यमा भारि गिरावट आउदै गएको छ । अहिलेको प्रक्षेपण अनुसार सन् २०२३ सम्ममा प्रतिकिलोवाट आवर व्याट्रीको मूल्य १०० डलरमा आउने अनुमान गरिएको छ । अहिले यस्तो मूल्य २०० डलर हारहारीमा रहेको छ । अहिले विद्युतीय कारको सबैभन्दा धेरै खर्च व्याट्रीमा हुने गरेको छ ।

विश्वमा अहिले धेरै व्याट्री उत्पादन गर्ने १० कम्पनीमा अटोमोटिभ इनर्जी सप्लाई कर्पोरेशन जापान, एलजी केम दक्षिण कोरिया, पानासोनी जापान, सामसङ एसडीआई कोरिया, तोसिवा जापान, एम्प्रेक टोक्नोलोजी हङ्कङ, एबीके ग्रुप चीन, बीवाईडी चीन र व्ल्यू इनर्जी जापान रहेका छन् ।

विश्व बजारमा टेस्ला, बीएमडब्ल्यू, हुन्डाई, किया, फक्सवागन, बीवाईडी, टोयोटा, निसान, टाटा, महिन्द्रा जस्ता कम्पनीले आक्रमक रुपमा विद्युतीय कारको विकास, उत्पादन र बजारीकरणमा लगानी बढाउँदै लगेका छन् ।

अहिलेसम्मको प्रक्षेपण सहि सावित भए सन् २०४० सम्ममा विश्वभर बिक्री हुने कुल कारको ५५ प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारीको हुने ब्लुम्वर्ग न्यू इनर्जी फाइनान्सले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

ब्लुम्वर्गका अनुसार २०२५ सम्ममा विश्वभर वार्षिक १ करोड १० लाख विद्युतीय सवारी बिक्री हुने छन् । त्यस्तै २०४० सम्ममा पुग्दा यो संख्या बढेर वार्षिक ६ करोड विद्युतीय सवारी विक्ने अनुमान गरिएको छ । उक्त समयसम्मा सडकमा देखिने कारको हिस्सा ३३ प्रतिशत विद्युतीय हुने अनुमान गरिएको छ ।

विद्युतीय सवारीको बिक्री बढ्नुको मुख्य कारण यस्ता सवारीको मूल्यमा आउने भारी गिरावटलाई मानिएको छ । २०२४ देखि २०२९ सम्म विश्व बजारमा विद्युतीय सवारीको मूल्यमा ठूलो उतारचढाव देखिने अनुमान ब्लुम्वर्गले गरेको छ । यो अवधिसम्ममा विद्युतीय सवारीले विना अनुदान इन्धनबाट चल्ने सवारीसँग प्रतिस्पर्धा गर्न सक्छने अवस्थामा पुग्ने छन् ।

विद्युतीय सवारीको विस्तार सोचेभन्दा पृथक तरिकाले भइरहेको छ । हाल विश्व बजारमा १५५ मोडलका विद्युतीय सवारी उपलब्ध रहेका छन् भने यो संख्या २०२२ सम्ममा २ सय ८९ पुग्ने छ ।


Back_to_top