काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् ।
भट्टले बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई राजीनामा बुझाएका हुन् ।
बालेन्द्र शाह नेतृत्व सरकारले एकैपटक झण्डै १५०० राजनीतिक नियुक्ति खारेज गर्ने गरी अध्यादेश ल्याएको थियो । त्यसपछि गत साता उद्योमन्त्रीले उनलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् ।
भट्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० फागुन २६ गते ३ वर्षका लागि नियुक्ती गरेको थियो । १० महिना कार्यकाल बाँकी छँदै उनले राजीनामा दिएका हुन् ।


