फेरारीको पहिलो हाइब्रिड हाइपर कार, पाँच सेकेन्डमै २०० किमी प्रतिघन्टाको स्पीड

काठमाडौं । सुपर कार ब्राण्ड म्याक्लरेन र बुगाटीपछि फरारीले पनि आफ्नो हाइपर कारमा हाइब्रिड इन्जिन दिने भएको छ । फरारीले एफ–२५० कोड नेम दिएर बनाइरहेको सुपर कारमा हाइब्रिड इन्जिन दिएको हो ।

फेरारीले बनाइरहेको नयाँ सुपर कारमा कटिङ एज डिजाइन टेक्नोलोजी र इलेक्ट्रीफाइड भी-६ इन्जिनको बेजोड मिश्रण रहने छ ।

निकै पावरफुल सुपर कार निर्माणमा कहलिएको फरारीले नयाँ मोडललाई ट्रयाकमा चलाउन मिल्ने विषयमा केन्द्रित भएर तयार पारेको छ । ‘लोस्लङ प्रोफाइल’को कारण यसले ट्रयाकमा उत्कृष्ट पर्फमेन्स प्रदान गर्नेछ ।

एफ-२५० को फ्रन्टमा एयर चिटिङ स्प्लीटर, डक्स र प्रिसाइजली ट्यून गरिएको स्पोइलर दिएको छ । कारको पछाडि भागमा दिइएको ‘होरिजेन्टल थीन टेलल्याम्प स्ट्रीप र सिंगल पीस एक्जस्ट’ सुपर कारलाई निकै आकर्षक देखाएको छ ।

फरारीको एफ-२५० मा १२०० हर्स पावर क्षमताको हाइब्रिड असिस्ट भी-६ इन्जिन दिएको छ । उक्त कारलाई ट्राइ मोटर हाइब्रिड सहितको ३.० लिटर इन्जिनले २ सेकेन्डभन्दा कम समयमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुडाउन सक्छ । त्यस्तै कारले २०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन ५ सेकेन्ड मात्रै लगाउने छ ।


Back_to_top