काठमाडौं । चीनको राजधानी बेइजिङमा यसै साता सुरु भएको बेइजिङ अटो शो २०१८ मा विश्वका सबैजसो ठूला सवारी उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । चीनले पनि विश्व कार उत्पादन उद्योगमा ठूलै फड्को मारिसकेको छ ।
धेरै चिनियाँकार उत्पादकहरु अहिलेसम्म बाहिर विश्वमा आफ्नो उत्पादन लिएर पुगेका छैनन् । तर, आफ्नो देशमा भएको विश्व स्तरीय अटोमोबाइल प्रदर्शनीमा भने चिनियाँ कम्पनीहरुले विश्वका प्रख्यात सवारी उत्पादकहरुलाई टक्कर दिने गरि बिक्रीगर्ने तयारीका साथ कार र कन्सेप्ट कार सार्वजनिक गरेका छन् ।
अटोकार युकेले बेइजिङ अटो शोमा सार्वजनिक भएको चिनियाँ कम्पनीहरुले सार्वजनिक गरेका ५ उत्कृष्ट र ५ खराबकारको सूचि सार्वजनिक गरेको छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
पाँच उत्कृष्ट कारहरु
डोङफिङएओलेस
चिनियाँ स्टार्टअप कम्पनी डोङफिङले बेइजिङ अटो शोमा इलेक्ट्रीक स्पोटर्स कारको कन्सेप्ट सार्वजनिक गरेको छ । विगतमा यस्ताकार युरोपेली मुलुकका कार उत्पाकहरुले मात्र उत्पादन गर्ने कल्पाना गरिन्थ्यो । तर चिनियाँकार उत्पादक कम्पनीले नै आगामी केही वर्षमा उक्त कार सडकमा ल्याउने गरि काम भइरहेको जनाएको छ । यो कार बेइजिङ अटो शोमा धेरैको आर्कषण बनेको छ ।
फोर्ड एस्कर्ट
फोर्डको एस्कर्ट चिनियाँ बजारमा सन् २०११ मा सार्वजनिक भएको हो । २०१८ को बेइजिङ मोटर शोमा एस्कर्टको फेसलिफ्ट सार्वजनिक गरिएको छ । यो कार चिनियाँहरुको रोजाइमा रहेकाले केही परिमार्जन गरि ल्याइएको कम्पनीले जनाएको छ ।
गीलीआइकन
चिनियाँकार उत्पादक कम्पनी गीलीले बेइजिङ अटो शोमा नयाँ कन्सेप्ट कार आइकट सार्वजनिक गरेको छ । यो कार भोल्भोको एक्सी ४० मा आधारीत रहेर कन्सेप्ट तयार पारिएको हो । यो कन्सेप्टकार तत्कालै उत्पानद भने नहुने गीलीले जनाएको छ ।
वे आर ५७
चिनियाँकार उत्पादक कम्पनी वेले युरोप र अमेरिकामा आफ्नो उपस्थिति जनाइ सकेको छ । यो कम्पनीकाकार आगामी दशकमा अमेरिका र युरोपमा वेस्ट सेलर हुने अनुमान गरिएको छ । बेइजिङ मोटर शोमा वेले आफ्नो नयाँ मोडल आर ५७ सार्वजनिक गरेको छ ।
होङसी कन्सेप्ट
एफएडब्लू अन्तर्गतको कार उत्पदक कम्पनी होङसीले बेइजिङ अटो शोमा नयाँकन्सेप्ट कार सार्वजनिक गरेको छ । यो कार वेस्ट क्लासको कार हुने जनाइएको छ ।
बेइजिङ मोटर शोमा सार्वजनिकभएका ५ खराब कारहरु
केडीसी रेगाटो
यो कारलाई अटोकार युकेले बेइजिङ अटो शोमा सार्वजनिक भएको खराबकारका रुपमा चित्रित गरेको छ । यो कार म्याकलरेन १२सी डिजाइन जस्तो देखिने भएपनि डल जस्तै देखिने भनेको छ ।
भेनुसिया द एक्स
चिनियाँ कम्पनी भेनूसियाले प्रर्दशनीमा राखेको द एक्स कारलाई उक्त अनलाइनले हालसम्मकै खराबकार भएको र यसबारे कुनै चर्चानै आवश्यक नभएको उल्लेख गरेको छ ।
जोते आइ–क्रश
जोतेले जर्मन कार उत्पादक पोस्र्चको कार जस्तै डिजाइनमा नयाँकार सार्वजनिक गरेको हो । चिनियाँ उपभाक्ताहरु यो कारमाभन्दा ओरिजिनलफर्मकै कार खरिदमा लालाहित हुने दाबी उक्त अनलाइने गरेको छ । न की जोतेको यो कारमा आकर्षित होउन् ।
बेस्टर्न
यो कम्पनीको नामबारे नै उक्त अनलाईनले प्रश्न गरेको छ । बेस्टर्नले कन्सेप्ट मात्र सार्वजनिक गरेको छ । उक्तकार बारे प्रष्ट नपारिएकाले यो वेस्टर्नको कारलाई पनि खराबको सूचीमा राखिएको छ ।
बीवाइडी
चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडीले नयाँ कन्सेप्ट कार बेइजिङ अटो शोमा सार्वजनिक गरेको छ । उक्तकार इएक्स–अडी कन्सेप्टमा आधारित रहेको छ । बीवाइडीले सार्वजनिक गरेको कन्सेप्ट कार पनि हेर्न लायक नभएको दाबी अटोकार युकेले गरेको छ ।

