नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा बितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले कोरोना महामारीका बेला स्थिति सहज बनाउनका लागी आफ्ना ग्राहकहरुका लागी बृहत प्याकेज योजना ल्याएको छ । उक्त योजना अन्तर्गत फोर्स कम्पनीको बिभिन्न मोडेलको गाडी खरिद गरिसकेपछि ग्राहकहरुले बैंक/फाइनान्समा तिर्नु पर्ने १ बर्ष सम्मको किस्ता रकम कम्पनीले नै तिरिदिने साथै १ लाख रुपैयाँ सम्मको नगद छुट दिनेभएको छ ।
आयाम इन्टरकन्टिनेन्टलले बिगत ६ बर्षदेखि फोर्स मोटर्सको बिभिन्न मोडेलका गाडीहरुको आयात तथा बिक्रिबितरण गर्दै आएको छ । उक्त कम्पनीले सबैभन्दा धेरै सिट क्षमता भएको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख किमिको इन्जिन वारेन्टी भएको मर्सिडिज बेन्जइन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडीहरुको आयात तथा बिक्रि बितरण गर्दै आएको छ ।
यो योजनायहि २०७७ को असार मसान्त भित्रमा खरिद वा बुकिङ्ग गर्नु हुने ग्राहकहरुका लागि मात्र लागु हुनेछ ।

