होन्डा ग्राजिया बीएस-६ भर्सन भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले केही दिनअघि टिजर सार्वजनिक गरेको होन्डा ग्राजियको बीएस-६ भर्सन सार्वजनिक भएको हो ।
कम्पनीले भारतमा यसको मूल्य ७३ हजार ३३६ भारतीय रुपैयाँ निर्धारण गरेर छ । कम्पनीले पहिलो पटक ६ वर्षको वारेन्टी प्याकेजसमेत ल्याएको हो ।
यो स्कुटर ४ कलर भेरियन्टमा सार्वजनिक गरिएको छ । म्याट साइवर एल्लो, पर्ल स्र्पाटन रेड, पर्ल सिरेन व्लु, र म्याट एक्सिस ग्रे कलरमा यसलाई खरिद गर्न सक्ने छन् ।
यो स्कुटरमा १२५ सीसी होन्डा इको टेक्नोलोजिको प्रयोग गरिएको छ । यसमा इनह्यान्स स्मार्ट टेक्नोलोजिका साथै एसीजी स्टाटर मोटर रहेको छ ।
यसमा नयाँ इन्स्ट्रुमेन्ट कल्स्टर दिइएको छ । रियल टाइम माइलेज, एभरेजगज माइलेज, डिस्ट्यान्स टु इम्पिटी जस्ता फिचर थप भएको छ । यसका साथै साइड स्ट्याण्ड इन्डिकेटर, इन्जिन कट अफ जस्ता स्मार्टले भरिएको ग्रजिया धेरैको रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ ।
एलइडी स्प्लीट पोजिशन ल्याम्प, पहिलेभन्दा बढी ग्राउण्ड क्लियरेन्स र जेट इन्सपायर रियर विङकर्स रहेको छ यसले स्कुटरको रियर भ्यु आर्कषक बनाएको छ ।
नेपालमा पनि ग्रजियालाई स्याकार ट्रेडिङले बिक्री वितरण गर्दै आएको छ । नयाँ ग्राजिया भने केही महिनापछि मात्रै नेपाल आउने छ ।


