५० वर्षपछि फोर्ड एफएक्स बजारमा फर्कदै

काठमाडौं । अमेरिकी कम्पनी फोर्डले आफ्नो १९७० ताकाको मध्यतिरको चर्चित कार ‘फोर्ड एफएक्स’ ५० वर्षपछि पुनः बजारमा आउने भएको छ । कम्पनीले आगामी वर्ष ‘मस्टाङ एफएक्स’ नामबाट लन्च गर्ने भएको हो ।

चर्चित कार ब्राण्ड फोर्डले नयाँ मस्टाङ एफएक्समा पुरानो कार मोडलबाट भिन्टेज स्टाइलिङ लुक्स लिइएको छ । पुरानो लुक्सलाई मोर्डन डिजाइनमा ढालेर बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ । त्यसैले पुरानो लिगेसी र मोर्डन डिजाइनको मिश्रण यसमा पाउन सकिने छ ।

मस्टाङ एफएक्सको सबैभन्दा उत्कृष्ट पक्ष भनेको यसको एक्टेरियर पेन्ट रहने छ । यसमा पहिलाको मोडलमा प्रयोग भएको एड्रियाटिक ब्लु मेटालिक कलरको प्रयोग हुनेछ । कम्पनीले यो कारको डिजाइन ‘फक्स’को बडीबाट प्रेरित रहेको जनाएको छ ।

मस्टाङ एफएक्समा ५.० लिटर भी-८ टर्बो इन्जिन रहने छ । यसमा ६ स्पीडको म्यानुअल वा १० स्पीडको अटोमेटीक गियरबक्स दिने कम्पनीको भनाइ छ ।

फोर्डले नयाँ मस्टाङ एफएक्सको मूल्य ५१ हजारदेखि ५६ हजार अमेरिकी डलर कायम गरेर बिक्री गर्ने योजना बनाएको छ ।


Back_to_top