यामाहाको सीईओ र अध्यक्ष बन्दै शितारा

काठमाडौं । मोटोफुमी शितारा यामाहा मोटर्सको भावी अध्यक्ष तथा सीईओ बन्ने भएका छन् । उनले मार्च २०२५ देखि यामाहा मोटर कर्पोरेशनका अध्यक्ष तथा सीईओको पदभार ग्रहण गर्ने भएका हुन् ।

भारतका लागि चिरपरिचित शितारा यामाहा इन्डियाका ग्रुप चेयरम्यान भइसकेको अटोमोवाइल पर्सनालिटी हुन् । उनीसँग भारतमा २०१८ देखि २०२१ सम्म यामाहा ग्रुपका चेयरम्यानको रुपमा रहेको काम गरेको अनुभव छ ।

भारतमा आफ्नो चार वर्षे कार्यकालमा शिताराले कम्पनीको पुनरुत्थानको लागि सफल रणनीतिका साथ काम गरेको थिए । कोभिडको समयमा उनले यामाहाको बजार हिस्सामा सुधार ल्याउन, नयाँ उत्पादनहरु बजारमा ल्याउने र ग्राहक सन्तुष्टिको लागि महत्वपूर्ण योगदान दिएका थिए ।

विश्वव्यापी अध्यक्षको रुपमा उनले यामाहाको व्यापार रणनीति र अप्रेसनको नेतृत्व गर्ने बताइएको छ । जसमा कम्पनीको नयाँ इनोभेसन र बजार बिस्तार केन्द्रित रहेनछन् ।

यामाहाको अध्यक्ष तथा सीईओमा शितारको नियुक्तीलाई नयाँ युगको सुरुवातको रुपमा हेरिएको छ । जसले कम्पनीको आगामी चुनौतीहरु सामना गर्न र विश्वव्यापी बजारमा आफ्नो स्थान मजबुत मद्दत गर्नेछ ।


Back_to_top