काठमाडौं । साँग्रिला मोटर्सले बिक्री वितरण गर्दै आएको सिट्रोन र लीपमोटरका गाडीहरुमा एक्सचेन्ज क्याम्प लागि रहेको छ । नेपालगंज आसपासका उपभोक्तालाई मध्यनजर गर्दै सिट्रोन र लीपमोटरका गाडीमा एक्सचेन्ज क्याम्प लगाइएको हो ।
उक्त एक्सचेन्ज क्याम्पमा सिट्रोनका सीथ्री, इसीथ्री, लीपमोटरको सी-१० मोडल उपभोक्ताले खरिद गर्न सक्नेछन् । त्यसको साथै, कम्पनीले उत्कृष्ट मुल्याङ्कन, एक्सचेन्ज बोनस, स्पर्ट फाइनान्सीङ सुविधा उपलब्ध गराएको छ ।
नेपालगंजको सिनेरोयल सिनेमा हलको कम्पाउन्डमा चलिरहेको एक्सचेन्ज क्याम्प फागुन ७ गतेबाट सुरु भएको हो । फागुन १० गतेसम्म चल्ने एक्सचेन्ज क्याम्पमा उपभोक्ताले जुनसुकै ब्राण्डका पुराना गाडी ल्याएर सट्टापट्टा गर्न सक्नेछन् ।
हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

