फोटोन मोटर्सले एक हप्ता फ्रि सर्भिस एण्ड ड्राइभर क्याम्प संचालन गर्ने

काठमाडौं । फोटोन मोटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिंग क्याम्प ’ आयोजना गर्ने भएको छ । यही असोज १७ देखी असोज २२ गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिंग क्याम्प आयोजना गर्ने भएको हो ।

फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्ता सम्म चल्ने उक्त योजना फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरुको फ्रि सर्भिसिंग हुने कम्पनिका सर्भिस हेड विदेश मान सिंह डंगोलले जानकारी दिए ।

उक्त अवधिभर फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यसका साथै क्याम्पमा फोटोन गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन्।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल १६-सिट क्षमताको भ्यान भ्यु सीएस२, १५-सिट क्षमताको भ्यान भ्यु सी-२ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।


Back_to_top