१२ लाख डाउन पेमेन्ट र मात्र ९.९९ ब्याजदरमा टुनल्याण्ड पिकअप

काठमाडौं । एमएडब्लु वृद्धी कमर्शियल भेहिकल, फोटन टुनल्याण्ड पिकअप गाडीहरूको लागि नयाँ वर्ष २०८० को आकर्षक अफर ल्याएको छ। ‘फिउल योर एम्बिसन ओन योर टुनल्याण्ड’ नामक यो अफर अन्तर्गत ग्राहकहरूले जम्मा ९.९९ प्रतिशतको ब्याज दर तथा न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप खरिद गर्ने अवसर रहेको छ। अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज सुविदा समेत रहेको छ।

टुनल्याण्ड पिकअप सवारी साधन एक बहुउपयोगी र भरपर्दो सवारी साधन हो जुन व्यक्तिगत र व्यावसायिक प्रयोगको लागि उपयुक्त छ। यो नयाँ वर्षको अफरसँगै, ग्राहकहरूले अब अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सक्छन्।

यस अफरको फाइदा लिन ग्राहकहरूले एमएडब्लु वृद्धीको कुनै पनि शोरुममा गएर ग्राहक प्रतिनिधि प्रतिनिधिसँग कुरा गर्न सक्नेछन्। एमए डब्लु वृद्धीको टिम ग्राहकहरूलाई झन्झटमुक्त र सहज खरिद अनुभव प्रदान गर्न प्रतिबद्ध छ।


Back_to_top