काठमाडौं । विश्व बजारमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभी टोयोटा र्याभफोर हाइब्रिडको २०२३ मोडल तयार भएको छ । कम्पनीले आफ्नो सफल एसयूभीको हाइब्रिड मोडलमा थुप्रै फिचरहरू अपग्रेड गर्दै नयाँ मोडल बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार यसको डिजाइन अघिल्लो मोडलको जस्तै भए पनि बाहिरी भागमा रुफरेल र ह्वील कलर भने परिवर्तन गरिएको छ ।
रेगुलर र नयाँ उडल्याण्ड एडिसनको रूपमा आउने २०२३ हाइब्रिड र्याभफोर मिडनाइट ब्ल्याक मेटालिक, ब्लू र ह्वाइट गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।
यसको रेगुलर एडिसन भने विभिन्न ४ वटा डुअल टोन कलर स्कीमसहित ग्रे, ह्वाइट, ब्लू, ब्ल्याक, सिल्भर स्काई, डार्क ब्लू, डार्क ग्रे, डार्क स्काई जस्ता १३ वटा कलर अप्सनमा उपलब्ध हुनेछ । १७ र १८ इन्चको ह्वील अप्सनमा आउने हाइब्रिड र्याभफोर निकै स्पोर्टी डिजाइनमा देख्न सकिन्छ ।

यसको अप फ्रन्ट र अप राइट बोनेटमा र्यापअराउण्ड एलइडी हेडल्याम्प दिइएको छ । टोयोटाले भेरियन्ट अनुसार यो गाडीमा ८ देखि १०।५ इन्चको नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, टोयोटा अडियो मल्टीमिडिया सिस्टम, इन्टेलिजेन्ट एसिस्ट, क्लाउड नेभिगेशन जस्ता आधुनिक फिचर समावेश गरेको छ ।
र्याभफोर हाइब्रिडमा ब्लुटूथ, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, फोरजी वाइफाइ कनेक्ट लगायत सुविधा पनि दिएको छ ।

सुरक्षाको हिसाबले पनि हाइब्रिड र्याभफोरमा ‘टोयोटा सेफ्टी सेन्स २.५’ स्टायडर्ड रूपमा आएको छ । यसले डाइनामिक राडार क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पोट मोनिटर, रोड साइन एसिस्ट, रियर क्रस ट्राफिक अलर्ट, पार्किङ एसिस्ट जस्ता सुविधा दिन्छ ।
यो गाडीको लम्बाइ ४५७२ एमएम, चौडाइ १८५४ एमएम र उचाइ १७०२ एमएम रहेको छ। यसको ह्वीलबेस भने २६१३ एमएम छ ।

कम्पनीले हाइब्रिड र्याभफोरमा ११८ हर्सपावरको फ्रन्ट र ५४ हर्सपावरको रियर ई-मोटर दिएको छ । यसमा २.५ लिटरको फोर सिलिन्डर इन्जिन रहने छ ।
यसमा १.६ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक पाउन सकिन्छ । यो गाडीलाई स्पोर्ट,नर्मल, इको, ईभी र ट्रायलमा गुडाउन सकिन्छ ।
टोयोटा र्याभफोर हाइब्रिड नेपालमा पनि विक्री वितरण हुँदै आएको मोडल हो । यसलाई टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले विक्री वितरण गर्दै आएको छ ।

