पाँच महिनापछि आउँदै टाटाको अर्को इलेक्ट्रीक एसयूभी

काठमाडौं । टाटा मोटर्सले इन्डियाले अटो एक्स्पो २०२३ मा देखाएको ह्यारीयर इलेक्ट्रीक आगामी सेप्टेम्बरमा आउने भएको छ । ठूलो साइज, आकर्षक फिचर र स्टाइलिस डिजाइनमा आउने ह्यारीयर ईभी चर्चित मोडल हो ।

टाटाले आफ्ना साना कार टियागो, टिगोर र सब फोर मिटर एसयूभी नेक्सनको इलेक्ट्रीक भर्सन ल्याएपछि ह्यारीयर (नेपालमा एच५ नामले विक्री भइरहेको) एसयूभीको इलेक्ट्रीक भर्सन बजारमा आउनु अघिनै चर्चा कमाउन सफल मोडल हो ।

सन् २०२३ को अन्तिमसम्ममा बजारमा विक्री सुरु गर्ने योजना अनुसार टाटाले ह्यारीयरको उत्पादन थाल्ने तयारी गरेको हो । आगामी चाडपर्वको समयमा यसको उत्पादन सुरु हुनेछ । अहिले विक्री हुँदै आएको ह्यारीयर ईभीमा निकै स्टाइलिस ग्रिल प्रयोग हुनेछ ।

टाटाले आफ्नो सेकेन्ड जेनेरेशन ईभी आर्किटेक्चरमा निर्माण गर्न लागेको ह्यारीयर कम्बस्चनको तुलनामा नयाँ ग्रिलको साथ नयाँ डिजाइनको हेडल्याम्प, नयाँ स्कीड प्लेट, नयाँ एलइडी लाइट, एलइडी लाइटबार, विभिन्न स्थानमा ‘ह्यारीयर.ईभी’को ब्याच प्रदान गरेको छ ।

अल ह्वील ड्राइभ सिस्टममा आउने ह्यारीयरलाई कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याउने अनुमान गरिएको छ । यसमा ६० देखि ८० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहने छ । यसले सिंगल चार्जमा ५०० किलोमिटर माथि रेन्ज प्रदान गर्नेछ ।

एसयूभीको भित्र १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, रिडिजाइन गरिएको सेन्ट्रल कन्सोल, ड्यूल कलर लेदर सिट जस्ता फिचर यसमा उपलब्ध हुनेछन् ।


Back_to_top