चार कार ब्राण्डको एउटै संयोग, तीन चिनियाँ, अर्को कुन ?

काठमाडौं । नेपालमा विद्युतीय कारको बिक्री सुरु भएको धेरै भएपनि ठूला, लग्जरी, लाइफ स्टाइल र मोर्डन डिजाइनका कार ईभीमा आउन थालेको धेरै भएको छैन ।

सन् २०१८ मा नेपाल आएको हुन्डाई कोना नै मोर्डन ईभीको एक हिस्सा हो । त्यसपछि बजारमा एकपछि अर्को विद्युतीय ब्राण्ड आए । एमजी, टाटा, बीवाइडी, ओमोडा/जेको, दीपल जस्ता ठूला ब्राण्डले आफ्नो ईभी तिब्र गतिमा बजार बिस्तार गरे । टाटा र बीवाइडी लिडर बने । एमजी तेस्रो ठूलो ईभी ब्राण्डको रुपमा अहिलेसम्म निकै सुरक्षीत देखिन्छ ।

तर, चौथो धेरै कार बिक्री ब्राण्ड बन्ने दौडमा ओमोडा/जेको, नेटा, हुन्डाई र दीपल बीच टक्कर चलिरहेको छ । अहिले मास मार्केट मोडल हुन्डाईसँग छैन । उसले आउँदै गरेको क्रेटा ईभीसँग धेरै अपेक्षा राखेको छ । तर, अन्य तीन ब्राण्डसँग एकपछि अर्को मोडल उपलब्ध छ ।

चार ब्राण्डको आयात उस्तै

यी चार ब्राण्डले अहिलेसम्म नेपाल ल्याएको गाडीको तथ्यांक उस्तैछ । डिसेम्बर १५, २०२४ सम्मको आयात तथ्यांक अनुसार नेटा चौथो स्थानमा देखिन्छ । नेटाले अहिलेसम्म ७८८ युनिट विद्युतीय कार नेपाल ल्याएको छ ।

नेटाले नेपाल ल्याएको उक्त संख्या मध्ये नेटा भी ७२५ युनिट छ भने नेटा एक्स ६३ युनिट छ । नेटासँग तत्काल नेपाल आइहाल्ने अर्को मोडल देखिएको छैन ।

नेटापछि धेरै ईभी ल्याउने अर्को ब्राण्ड हुन्डाई हो । हुन्डाईले कोना २०२३ को मध्येतीर छुटाएपछि अर्को लट ल्याएको छैन । त्यति वेलासम्म लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ६२५ युनिट कोना ईभी ल्याएको थियो ।

kona electric

हुन्डाईले आयोनीक/५ पनि १२१ युनिट आयात गरेको छ । कम्पनीले आयात गरेको आयोनीक-५ सरकारले धेरै कर चलाउँदा उपभोक्ताको कन्फिडेन्ट हराएको मोडलमा पर्छ । त्यस्तै हुन्डाई आयोनीक सेडान पनि २३ युनिट नेपाल आएको छ ।

ओमोडा/जेको सन् २०२४ मा मात्रै नेपाल आएको ब्राण्ड हो । ओमोडामा क्रसओभर एसयूभी ई-५ र जेकोमा लाइफ स्टाइल एसयूभी जे-६ ल्याएको एसपीजी अटोमोवाइलले एक वर्षभन्दा कम समयमा ७३५ युनिट गाडी आयात गरेको छ ।

कम्पनीले जेको जे-६ को आयात १६५ युनिट गर्दा ओमोडा ई-५ को आयात ५७० युनिट गरेको छ । समग्रमा ओमोडा/जेको तिब्र गतिमा बिस्तार भइरहेको ब्राण्ड बन्न सफल भएको छ ।

सन् २०२४ मै एमएडब्लू वृद्धि नेपाल आएको चांगान ग्रुपको दीपल ब्राण्डले पनि राम्रो सफलता पाइरहेको छ । मूल्यका हिसावले ७० लाख पर्ने दीपलका कार अहिलेसम्म ६९५ युनिट आयात भएको छ । जसमा दीपल एस-०७ को आयात ६७२ युनिट र एल-०७ को आयात २३ युनिट भएको छ ।


Back_to_top