सस्ता चार कारमा नै पाइन्छ एक लाखभन्दा बढी नगद छुट

काठमाडौं । दशैं तिहारलगायतका ठुला चाडपर्वको समयमा घरमा नयाँ सवारीसाधन भित्रयाउन खोज्नेको लागि सस्तो मूल्यमा पाइने सवारीसाधनको बिषयमा थाहा नहुन सक्छ । 

त्यसैले नेपाली बजारमा पाइने कम मुल्यका मोडल किन्न चाहाने ग्राहकलाई मध्यनजर गर्दै विभिन्न कम्पनीले सस्ता इन्ट्रीलेवल मोडलहरु बिक्री गर्दै आएका छन् । सबै कम्पनीले दशै तिहार अफर अन्तर्गत एक लाख भन्दा बढी नगद छुट र अन्य बिभिन्न अफरहरु ल्याएका छन् । 

मारुती अल्टो

मारुती सुजुकीको लोकप्रिय कार मारुती अल्टो बजारमा उपलब्ध मध्येको सर्वाधिक रुचाइएको इन्ट्री लेवल कार हो । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोर्कपले ७९६ सीसीको मारुती सुजुकी अल्टो ८०० एसटिडीको मुल्य १६ लाख ३९ हजार तोकेको छ । अर्को मोडल मारुती सुजुकी अल्टो एलएक्सआईको मूल्य १८ लाख ३९ हजार रुपैयाँ तोकेको छ ।

५ स्पिड गियर म्यानुअल तथा अप्सनल एएमटी दिइएको यस कार इकोनमीका साथै सेफ्टी फिचर्सलाई प्रमुख ध्यान दिइएको छ । यो कारमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) को साथ ड्युअल एयरब्याग उपलब्ध छ । इन्धन कम लाग्ने यो कार प्रति लिटर ३२ किलोमिटर चल्ने कम्पनीले दावी गरेको छ ।

हुन्डाई इयोन

हुन्डाई मोटरको लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको कारमध्ये सबैभन्दा सस्तो मोडल हो इयोन। ८१४ सीसी इन्जिन क्षमताको इयोन डिलाइटको मुल्य १६ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

कम्पनीले इयोन डिलाईट प्लसको मूल्य १७ लाख ९६ हजार र इयोन इरा प्लस को मूल्य १८ लाख ९६ हजार तोकेको छ । यी दुबै कारमा पनि समान ८१४ सीसीको इन्जिन प्रयोग गरिएको छ ।  

१७० एमएम ग्राउण्ड क्लियरेन्स भएको यो कारको इन्जिनले ५६ पीएस पावर उत्पादन गर्छ । उच्च पावर, न्युन मर्मत खर्च, सर्वसुलभ पार्टस र उच्चतम माइलेज लगायतका विशेषताले यो कारलाई निकै लोकप्रिय बनाएको छ ।

आरामदायी क्याविन, इलेक्ट्रिक पावर स्टेरिङ, प्रिमियम ड्यासबोर्ड, एयर कन्डिसनर र पर्याप्त बुट स्पेसले उपभोक्तालाई आरामदायी ड्राइभिङको अनुभुति दिने छ ।

ड्याट्शन रेडिगो

पायोनियर मोटरले बिक्री वितरण गर्दै आएको ड्याट्शन रेडी गो नेपालमा बिक्री हुने सबैभन्दा सस्तो कार हो । कम्पनीले ड्याट्शन रेडी गोलाई ७९९ सीसी क्षमतामा ल्याएको छ । यसको मूल्य १५ लाख २५ हजारबाट सुरु हुने छ । त्यस्तै सोही क्षमताको इन्जिनको प्रयोग भएका ड्याट्न रेडिगो ०.८ टिओको मूल्य १८ लाख ४५ हजार निर्धारण गरिएको छ भने, ड्याट्सन रेडिगो ०.८ एसको मूल्य १९ लाख २५ हजार रहेको छ ।

९९९ सीसी इन्धनको प्लाटफर्म अन्तर्गत ड्याट्न रेडिगो १.० टि‘०’को मुल्य १९ लाख ९९ हजार रहेको छ  भने, रेडिगो १.० एसको मूल्य २० लाख ५९ हजार रहेको छ । यसमा ९९९ सीसी क्षमताको इन्जिन लगाइएको छ । यसले ६७ बिएचपी पावरका साथै ९१ एनएम टर्क उत्पादन गर्छ । यसमा १८ मिमि ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

रेनो  क्विड

रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले सस्तो कारको रुपमा रेनो  क्विडलाई बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले  ९९९ सीसी  इन्जिन क्षमताको रेनोल्ट क्विड १.० एलआरएक्सटी पेट्रोल भेरियन्टको मूल्य  २२ लाख २४ हजार ५ सय ३३ रुपैयाँ तोकेको छ ।

रेनो क्विड एलआरएक्सटी ‘०’पेट्रोल भर्जनको मुल्य २२ लाख ७३ हजार ६ सय ४५ रहेको छ । रेनो क्विड १.० एलआरएक्सएल एमटी पेट्रोल भर्जनको मूल्य २१ लाख ९६ हजार ६१३ रहेको छ ।

यसमा पावर स्टेयरिंग, इन्जिन इमोबिलाइजर, ३ र ४ स्पिड म्यानुअल एसि, पावर विन्डो, ट्राफिक असिस्ट रिमोट लकिंग र रियर इएलआर लगायतको विशेषता दिइएको छ । यसमा दुईवटा एयरब्याग लगाइएको छ ।

क्विडमा उपलब्ध ८००सिसि पेट्रोल इन्जिनले ५४ पिएस पावरका साथै ७२ एनएम टर्क उत्पादन गर्छ । यसको माइलेज २५ किलोमिटर प्रतिलिटर रहेको छ । 


Back_to_top