दिल्लीमा सुरुभयो इ–बसको ट्रायल

दिल्ली सरकारले सार्वजनिक यातायातमा प्रदूषण रहित विद्युतीय बसको परिक्षण सुरु गरेको छ । लो–फ्लोर विद्युतीय बस २०१९ भित्र सडकमा गुडाउने लक्ष्य राखिएको छ । तीन महिने परिक्षणको क्रममा उक्त इ–बस अम्बेदकर नगरदेखि इन्द्रपुरीसम्म चल्ने छ । 

उक्त बस ट्रायलको उद्घाटन दिल्लीका यातायात मन्त्री कैलाश गालोट र ट्रान्सपोर्ट कमिसनार वर्षा जोशीले सुंक्त रुपमा गरेका हुन् । एयर कन्डिसन सहितको ३३ सिटे लो–फ्लोर यो बस पीएमआइ इलेक्ट्रो मोबिलिटी सोलुसनले चिनियाँ कम्पनी फोटोन सँगको सहकार्यमा बनाएको हो । 

यो बसले फुल चार्ज गर्दा १ सय ५० देखि २ सय किलोमिटरको दूरी तय गर्न सक्छ । त्यस्तै फुल चार्ज ३० मिनेटमै हुने दाबी कम्पनीले गरेको छ । यो बसमा ४ वटा सीसी टिभी राखिएको छ । दिल्ली सरकारले १ हजार वटा इ–बस बनाउन थालि सकेको जनाइएको छ । यी बस २०१९ को जुनसम्ममा निर्माण भइसक्ने र जुलाई देखि संचालनमा आउने अनुमान गरिएको छ ।


Back_to_top