प्रतिबन्धले नछुने १५० सीसी माथिका चार नयाँ मोटरसाइकल

काठमाडौं । सरकारले २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गरेसँगै १५० सीसीका मोटरसाइकल आयातमा प्रतिबन्ध लागेको छ ।

सरकारले १५० सीसी माथिका मोटरसाइकलमा प्रतिबन्ध लगाएपनि नेपालमै एसेम्बल गर्नेको हकमा एसेम्बल किट ल्याउन कुनै रोकावट छैन । अहिले नेपालमा बजाज र टीभीएसले मोटरसाइकल नेपालमा नै एसेम्बलम गरिरहेको कारण यी कम्पनीका नयाँ मोटरसाइकल नेपाल आउने छन् ।

बजाज अटोले केही समय अगाडि भारतीय बजारमा सार्वजनिक गरेको बजाज २५० सिरिज नेपाली बजारमा सार्वजनिक हुने तयारीमा छ । हुलास अटो क्र्फ्टले उत्पादन गर्ने बजाजका मोटरसाइकल हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विक्री वितरण गर्दै आएको छ । यो मोटसाइकल भदौ महिनाबाट बजारमा आउने छ । पल्सर एन २५० र एफ २५० दुई मोडल यो सिरिजमा उपलब्ध हुनेछन् ।

सरकारले १५० सीसी माथिका मोटरसाइकलमा आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको छ । त्यस्तोमा नेपालमा नै एसेम्बल हुने भएको कारण बजाजको नयाँ जेनेरेशन पल्सर एन १६० पनि नेपाल आउन सक्ने छ । बजाजका यी तीन वटै मोडल नेपाल आउन रोकिने छैनन् ।

त्यस्तै टीभीएस इन्डियाले केही दिन अघि मात्र भारतमा विक्री सुरु गरेको आफ्नो पहिलो रेट्रो डिजाइन क्रुजर रोनीन मोटरसाइकल पनि नेपाल आउन सक्नेछ । जगदम्वा मोटर्सले पनि अहिले आफ्नो अधिकांश मोटरसाइकल नेपालमा नै एसेम्वल गर्दै आएको छ । यस्तोमा टीभीएस रोनीन पनि नेपालमै एसेम्बल गरेर बजारमा ल्याउन सक्नेछ ।

जगदम्वा मोटर्सले रोनीन नेपालमा नै एसेम्वल गर्ने हो भने २२५ सीसीको यो मोटरसाइकलमा प्रतिबन्धको असर देखिने छैन ।


Back_to_top