ललितपुर महानगरपालिकाले किन्यो राफ्ट इलेक्ट्रीक स्कूटर

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमइ इलेक्ट्रीकले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रीक स्कूटरहरु हस्तान्तरण गरेका छ । कम्पनीले राफ्टका स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरेका हो ।

आइएमइ इलेक्ट्रीक राफ्ट इलेक्ट्रीकको लागि नेपालको आधिकारि बिक्रेता हो ।

नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पदन भएको स्कूटर रहेको छ ।

राफ्ट वारिअर एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

आइएमई इलेक्ट्रीकले राफ्टका वारिअर साथै टीस्टा , इण्डुस, नुब्रा , जिस्पा स्कूटर समेत नेपाल भित्र्याएको छ ।

राफ्टका स्कूटरहरुमा की लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

नगर सुरक्षालाई अझ ब्यवस्थित गर्न र प्रभावकारी कार्यगर्न नगरप्रहरीलाई यस स्कूटर अझ सहयोग पुग्न ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले बताए । त्यस्तै ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने क्वीक रेस्क्यु टीमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर ब्यवस्थापनमा खटिन मद्धत पुग्ने बताए ।

 


Back_to_top