काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिलीको ६ सिटे प्लगइन हाइब्रिड एसयूभी एम-९ मा रहेका फिचरहरु बाहिर आएको छ । जिलीको ‘जीइए इभो प्लेटफर्म’मा बनेको एम-९ हाइब्रिड मोडल हो ।
जिलीको लेटेस्ट लाइसन एआई हाइब्रिड २.० इएमपी सिस्टम दिइएको एम-९ मा जी-पाइलट एच-५ एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम दिइएको छ ।
गत मेमा भएको मिलान अटो शोमा डेब्यू भएको एम-९ को एपिरेन्स ग्यालेक्सी रिपर डिजाइन ल्याङ्वेजमा आधारित छ । यसमा म्याट्रिक्स लाइट प्यानल, फ्रन्टमा थ्रु टाइप लाइट स्ट्रीप, क्लोज फ्रन्टफेस, स्लेन्डर हेडलाइट, लोअर ट्रयापेजोडियल ग्रील, रुफ लाइडार जस्ता फिचर छन् ।
रियरमा पनि थ्रु टाइप लाइटबार, लुमिनियस जिली ब्राण्डको लोगो, क्रोम डिजाइनको एक्जस्ट आउटलेट सहितको बम्पर छ । यसको लम्बाइ ५२०५ एमएम, चौडाइ १९९९ एमएम, उचाइ १८०० एमएम छ । जिली एम-९ को ह्वीलवेस ३०३० एमएम छ । यसमा २० र २१ इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।

एम-९को क्याविनमा १२.३ इन्चको एलसीडी इन्ट्रुमेन्ट प्यानल, १६.६ इन्चको सेन्टर टचस्कृन र १२.३ इन्चको को-पाइलट इन्टरटेनमेन्ट स्कृन दिएको छ ।
जिली एम-९मा १.५ लिटरको इन्जिन र ४१.४६ किलोवाट अवारको ब्याट्री प्याक छ । यो ब्याट्री प्याकको डब्लुएलटीपी रेन्ज १८५ किलोमिटर छ । जिली एम-९को रेन्ज १५ सय किलोमिटरसम्म हुने कम्पनीको दावी छ ।

