रेल, पानीजहाज र विद्युतीय बसमा सरकारको प्राथमिकताः मन्त्री महासेठ

काठमाडौं । सरकारले दुई ओटा रेल आफ्नै लगानीमा खरिद गरि सञ्चालन गर्ने तयारी गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले जानकारी दिएका छन् । मन्त्री महासेठले सरकार आँफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आँफै किन्न लागेको जानकारी दिए । 

हिजो रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

अहिलेको सरकार धेरैभन्दा धेरै विद्युतिय बस संचालनमा लागेको उनले जानकारी दिए । 

‘सरकार विद्युतिय बस संचालन गर्न लागि परेको छ । यसको परिणाम सकारात्मक आउने छ ।’ उनले भने । 

मन्त्री महासेठले पानीजहाज ल्याउने सपना देख्दा सबैले सोसल मिडियामा प्रधानमन्त्री ओलीको खिल्ली उडाएको सम्झदै भने ‘हामी पानीजहाज ल्याउने कुरामा कटिवद्ध छौं, धेरै काम अगाडि बढिसकेको छ । ढुक्क हुनुहोस् हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ ।’

नयाँ सरकार निर्माणसँग पूर्वाधार विकासको कामले गति लिएको भन्दै नयाँ–नयाँ राजमार्ग निर्माणको कामको पनि थालनी भएको र भूकम्पपछि रोकिएको अरनिको राजमार्गसमेत आगामी जेठसम्ममा पुनः सञ्चालनमा ल्याइने जानकारी दिए । 

यातायात क्षेत्रको विकास र सुधारको लागि प्राधिकरण निर्माण गर्न लागेको जानकारी दिदै उनले भने ‘आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा सार्वजनिक बसहरू सञ्चालन हुने जानकारी दिए । 


Back_to_top