काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक बिक्रेता भिजी इम्पेक्सले ओरा-०३ इलेक्ट्रीक कारमा ५ लाख बराबरको फाइदा पाइने स्कीम संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको स्कीम माघ २८ देखि फागुन ३० गतेसम्म संचालन हुनेछ ।
नयाँ स्कीममा गाडी किन्ने मानिसले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षसम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन् । कम्पनीले यो प्याकेज ५ लाख बराबर भएको जनाएको छ ।
ओरा ब्रान्ड अन्र्तगत ओरा-०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो । यसको रेट्रो-मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशमा छिटो समयमा नै लोकप्रियता कमाउन सफल भएको छ ।
नेपालमा पनि ओरा-०३ ले आफ्नो पृथक डिजाइन, उत्कृष्ट बनोट र लग्जरी इन्टेरियरको कारण ग्राहकको मन जित्न सफल भएको कम्पनीको भनाई छ । ओरा-०३ पूर्ण इलेक्ट्रीक प्लेटफर्ममा डिजाइन भएको कार हो । सुरक्षाको हिसावले यूरो एनक्याप र आसियान एनक्यापमा ५ स्टार रेटिङ पाउन सफल कार हो ।
जीडब्लूएमले यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ भने यसमा रहेको ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिएको छ ।

